गृहपृष्ठ खबर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा खटिएकाको कोरोना परीक्षण सुरु

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा खटिएकाको कोरोना परीक्षण सुरु

 

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा खटिएकाहरुको कोरोना परीक्षण सुरु भएको छ ।नेपाल आयल निगमको संयोजनमा धेरै मानिसहरुसँग प्रत्यक्ष सम्पर्कमा रहने तथा फिल्डमा खटिने कर्मचारीको लागि टेकुस्थित कार्यालय परिसरमा पीसीआर विधिबाट परीक्षण थालिएको निगमले जनाएको छ ।

ग्यास बोकेर उपभोक्ताको घर घर पुर्‍याउने टेकु बिक्री केन्द्रमा खटिएका कर्मचारी, भारतबाट हवाई इन्धन भित्रिने सिनामंगल डिपो, अमलेखगन्ज तथा भारतबाट इन्धन आयात हुने थानकोट डिपो र प्रधान कार्यालयका अग्रपङ्तिको कर्मचारीको परिक्षण थालिएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

ट्याकंर चालक र उनीहरुको सम्पर्कमा रहेर काम गर्ने कर्मचारीहरुको परिक्षण थालिएको प्रवक्ता उपाध्ययले बताए । करिब एकसय जनाको परिक्षण गर्ने गरी स्वाब संकलन जारी रहेको निगमका आधिकारिक ट्रेड यूनियनका अध्यक्ष गणेश राईले बताए ।

निगमको अत्यवश्यक सेवामा खटिदां जोखिम रहने भएकाले कर्मचारीलाई सुरक्षाको प्रत्यभूति दिलाउँदै सचेत बनाउन परिक्षण गरिएको उनले बताए । निगमको सबै प्रादेशिक कार्यालयहरुमा रहेर प्रmन्टलाइनमा खटिने कर्मचारीहरुमा कोरोना परिक्षणका लागि तयारी थालिएको निगमले जनाएको छ ।

सम्बन्धित् समाचार