
भारत बाट आएका मानिस हरुलाई जानकारी र सावधानी बिना क्वारेन्टिनमा नराखी गाँउमा राखेको भन्दै शितगंगा नगरपालिका ४ जोगिनिकोट का स्थानियले आर्कोस ब्यत गरेका छन । भारत बाट आउनेहरुलाइ नगर प्रमुखले पटक पटक सावधानी बिनानै राखेकोले जोखिम बढेको भन्दै स्थानिय आर्कोस पोखेका छन ।
रातिमा आउनेहरु लाई नगर प्रमुखले क्वारेन्टिनहरुमा नराखि खुल्ला गाँउमा राख्ने र उनिहरुको निग्रानी नहुने भएकोले उनिहरु गाँउमा समेत निस्कने गरेकोले अब यस्ता ब्यतिहरु गाँउमा नराखि क्वारेन्टिनमा राख्न गाउलेहरुले अनुरोध गरेका छन ।
स्थानिय सुरेन्द्र बेल्बासेले स्थानियतहहरुले निमार्ण गरेका क्वारेन्टिनमा नराखि गाउको क्षेउमा बिना सुरक्षा राख्दा जोखिम बढेकोले अब त्यसरी नराख्न अनुरोद गर्दै सचेत हुन नगरपालिकाका जनप्रतिनिधी लाइ अनुरोध गर्नु भयो ।
शितगंगा नगरपालिकाले बिभिन्न बिद्यालयहरुलाए क्वारेन्टिनको रुपमा बिकास गरेकोले पनि अलपत्र परेका तथा बास बस्ने भारत तथा अन्य स्थान बाट आउनेहरु लाई सुरक्षित स्थानमा राख्नु पर्नेमा गाँनै त्रसित हुने गरि खुल्ला गाँउमा राख्दा गाँउ नै त्ररिद भएकोले सुरक्षा र मापडण्ड बिपरित नराख्न स्थानिय कुमार केसब सिहं बेल्बासेले अनुरोध गर्नु भयो ।
यस्तै शितगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारीले आफुलाइ पछि मात्र जानकारी भएकोले ब्यवस्थापन गर्न नसकेको बताउनु भयो । अब आउनेहरुलाइ बिद्यालयमै ब्यवस्थापन गर्ने गरि कार्य अगाडी बढेको उहाँले बताउनु भयो ।
यति बेला बिश्वनै कोरोना भाएरसको त्रासमा रहेको छ भने नेपालमा समेत अहिले बढ्दो अबस्थामा छ । खाश गरि भारत बाट आउने नागरिकहरुमा कोरोना बढी देखिन थाले पछि स्थानिहरु त्रसित भएरहेको बेला जनप्रतिनिधीहरुले भारत बाट आउनेहरु लाइ शुरक्षा र ब्यवस्थापन बिना राख्दा स्थानियहरु आर्कोसित भए दुर्घटना समेत बढ्न सक्ने भएकोल यस्ता कुरामा सचेत हुन जरुरी छ ।
भारत बाट आउनेहरु सक्रमितनै भएको जस्तो ब्यवहार हुने गरेकोल सबैले त्यो सोचाइ त्याग्नु जरुरीछ । उनिहरुलाइ यो समयमा आफु सचेत रहदै सहयोग गर्न जरुरी छ ।








