गृहपृष्ठ Featured कपिलवस्तुमा १५ बर्षीया बालिका बलात्कृत ,आरोपित फरार

कपिलवस्तुमा १५ बर्षीया बालिका बलात्कृत ,आरोपित फरार

महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत  विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ ।

राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ

सम्बन्धित् समाचार