अब श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत् यसलाई कडाइका साथ कार्यान्वयन गरिने बताए।
साथै, उनले श्रम निरीक्षण गरिने बताए। वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने उनले बताए।
संघ र प्रदेश स्तरबाट बेरोजगारलाई सीप विकास र तालिम प्रदान गर्न आवश्यक बजेट छुट्याएको उनले बताए।








