गृहपृष्ठ खबर लकडाउन कायम रहेपनि निजि सवारी चल्न दिने सरकारको तयारी

लकडाउन कायम रहेपनि निजि सवारी चल्न दिने सरकारको तयारी

जेठ ३२ गतेसम्म लकडाउन जारी रहेपनि सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवातजावत गर्न दिने तयारी गरेको छ ।

उच्च राजनैतिक स्रोतका अनुसार अब निजि सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र दिइनेछ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।

 

सम्बन्धित् समाचार