गृहपृष्ठ खबर कपिलबस्तुका साझेदारि वनहरुको मिडिया अन्तरक्रिया तथा अनुगमन ।।

कपिलबस्तुका साझेदारि वनहरुको मिडिया अन्तरक्रिया तथा अनुगमन ।।

कपिलबस्तुका साझेदारि वनहरुको पत्रकारहरु तथा विभिन्न सरोकारवालाहरुद्धारा मिडिया अन्तरक्रिया तथा स्थलगत अनुगमन गरिएको छ । जिल्ला वन कार्यालय कपिलबस्तुको आयोजना, विभिन्न साझेदारि बन, सामुदायिक वन तथा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको समन्वयमा जिल्लाका विभिन्न साझेदारि वनहरुको अनुगमन गरिएको हो । मायाँदेवि साझेदारि वन, कपिलबस्तु साझेदारि वन, तिलौराकोट साझेदारि वन, गौतम बुद्ध साझेदारि वन र बैजलपुर सामुदायिक वनमा मिडिया अन्तरक्रिया तथा स्थलगत अनुगमन गरिएको हो ।

वनहरुको वन अतिक्रमण, वृक्षारोपण तथा वन विनाश सम्बन्धि अनुगमन गरिएको छ । मायाँदेवी साझेदारि वनमा केहि अतिक्रमण क्षेत्र हटाईएको अनुगमनका क्रममा पाईएको छ । विस २०७० सालदेखि अहिलेसम्म २०० हेक्टर अतिक्रमित वन हटाईएको छ । मायाँदेवी साझेदारि वनका पट्ना ब्लक, प्रतिभाईस्ट ब्लक र पिपरा ब्लक गरि तीन ओटा ब्लकमध्ये पट्ना ब्लकमा अझै पनि केहि क्षेत्र अतिक्रमित रहेको वनका अध्यक्ष अजिज खाँनले बताए । कुल १७ सय ३५ हेक्टरमा फैलिएको उक्त वनमा स्थानियहरु संग समन्वय गरि वास्तविक सुकुम्वासिहरुलाई समस्या नपर्ने गरि अझै पनि अतिक्रमित हटाउँने प्रयास भईरहेको बताए ।
कपिलबस्तु साझेदारि वन र गौतम बुद्ध साझेदारि वनमा खालि ठाउँमा वृक्षारोपण कार्य भईरहेको अनुगमनका क्रममा पाईएको छ । स्थानियहरु तथा वनका सरोकारवालाहरुको सक्रियतामा वृक्षरोपण गरिएको कपिलवस्तु साझेदारि वनका अध्यक्ष गंगेश तिवारि र गौतम बुद्ध साझेदारि वनका अध्यक्ष जानकि यादवले बताए ।

बैजलपुर सामुदायिक वनमा भने विरुवा पुर्न उत्थान कार्य भईरहेको पाईएको छ । वनहरुको अतिक्रमण नियन्त्रण, वृक्षारोपण तथा वनविनाश नियन्त्रण गर्न स्थानिय तहका जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको वनका प्रतिनिधिहरुले बताएका छन् । साझेदारि वनहरुको संरक्षणले आर्थिक, सामाजिक तथा पर्यटकिय रुपमा पनि विकास हुने भएकाले वनहरुको संरक्षणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिन आग्रह गरेका छन् । जिम्मेवार ब्यक्ति तथा सर्वसाधारणहरुले नै वन अतिक्रमण गर्ने हुँदा त्यसबाट पर्ने असर स्वयं आफैले नै भोग्नुपर्ने भएकाले सबैले हातेमालो गरि वन संरक्षण गर्न पहल गर्न पत्रकारहरुसंग आग्रह गरेका छन् ।
उक्त मिडिया अन्तरक्रिया तथा अनुगमनमा सम्बन्धित वनका प्रतिनिधिहरु, पत्रकार महासंग कपिलबस्तु शाखाका सचिव हरि अधिकारि, सदस्यहरु गरि कपिलबस्तुका ३५ पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार