गृहपृष्ठ अन्तरास्ट्रिय खबर बलमा थुक प्रयोग गर्न प्रतिबन्ध

बलमा थुक प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी— अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) जोखिमलाई मध्यनजर गर्दै आफ्ना केहि नियममा अन्तरिम परिवर्तन गरेको जनाएको छ।आइसिसीको परिवर्तन नियम अनुसार बलरले बलमा थुम प्रयोग गर्न पाउने छैनन् । थुकको प्रयोग बलरले बल स्वीङ गराउन गर्ने गर्दथिए । यसले बलरलाई केहि समय कठिन हुने अनुमान गरिएको छ । अझ टेष्ट क्रिकेटमा यसको प्रयोग धेरै हुने गर्दथियो ।

प्रत्येक इनिङमा अम्पायरले दुई पटक सम्म थुक प्रयोग गरेमा चेतावानी दिनेछन् । उक्त चेतावनी नमानेको खण्डमा ५ रन पेनाल्टी लाग्ने आइसिसीले जनाएको छ । बलरहरुले भने यसको विकल्पबारे सच्न आइसिसीलाई आग्रह गरेका छन् ।

आईसिसीले खेलको क्रममा कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको उसको विकल्प (रिप्लेसमेन्ट) अर्को खेलाडीलाई खेलाउन अनुमती दिने भएको छ । जुन कुरा म्याच रेफ्रिलाई जानकारी दिनुपर्ने हुन्छ । म्याच रेफ्रिले अनुमती दिएपछि अर्को खेलाडीले खेल्न पाउने छ । यो नियम टेष्ट क्रिकेटमा मात्र लागु हुने छ । अर्थात यस नियम ओडिआई र टि२० आईमा भने लागु नहुने आइसिसीले प्रष्ट पारेको छ ।

त्यस्तै आगमी १२ महिना सम्म आइसिसीले टेष्ट क्रिकेटको टिसट र स्विटरमा ३२ स्क्वायर इन्च लोगो प्रयोग गर्न दिने भएको छ । अन्तर्राष्ट्रिय सिरिजमा स्थानिय अम्पायर र म्याच रेफ्रिले पनि खेल खेलाउन सक्ने छन् ।

सम्बन्धित् समाचार