गृहपृष्ठ खबर सुत्केरी र गर्भवतीले बेसार खानु हुँदैन : प्रधानमन्त्रीको सुझाव

सुत्केरी र गर्भवतीले बेसार खानु हुँदैन : प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोगप्रतिरोधात्मक क्षमता धेरै भएको फेरि बताएका छन्। उपचार पनि राम्रो भएका नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट मृत्यु हुनेको संख्या धेरै नभएको पनि उनले दाबी गरेका छन्। राष्ट्रिय सभामा सांसदहरुले विनियोजन विधेयकमाथि उठाएका प्रश्‍नको जवाफ दिने क्रममा ओलीले सुत्केरी र गर्भवतीलाई नयाँ सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीले सुत्केरीले बेसार खान नहुने बताउँदै अरुले नियमित खाँदा राम्रो गर्ने बताए। प्रधानमन्त्रीले धेरैले बेसार खाए कोरोना निको हुन्छ भने पनि कतिपय बेलामा बेसार खान नहुने बताएका हुन्।

 

उनले भने’ “मैले देखेँ, कतिपयले बेसार खाएर ठीक हुन्छ भनेको तर बेसार खाँदैमा कोरोना निको हुदैन।” कहिलेकाहीँ बेसारले विषको काम पनि गर्ने उनले बताए। “तर यो एन्टिबायोटिक चिज भने हो, तर रक्तअल्पता भएका, जन्डिस भएका सुत्केरी र गर्भवती महिलाले बेसार खानु हुँदैन।”यस्तै उनले शरीरमा आइरनको कमी भएका कुनै पनि अपरेशन गर्न तयार भएकाहरुले अपरेशन गर्न ४८ घण्टा अगाडि बेसार खान नहुने पनि बताएका छन्। उनले भने, ‘अपरेशन गर्नेहरुले ४८ घण्टा अगाडि बेसार खानु हुँदैन यसले रगतलाई पातलो बनाउँछ, जसले त्यस्ता मानिसलाई असर गर्न सक्छ।”

सम्बन्धित् समाचार