कपिलवस्तु । असार, ६,
कपिलवस्तुमा जिल्ला प्रदेश पाँचकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला हो । संक्रमित संख्या ६७८ भए पनि ४८२ जना निको भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांकअनुसार १९५ जना संक्रमित मात्रै उपचाररत रहेका छन् । कपिलवस्तुमा संक्रमित संख्या धेरै देखिए पनि निको हुनेको संख्या पनि सन्तोषजनक रहेको छ ।
यहाँ हालसम्म ६७८ जना संक्रमित भएकोमा यशोधरामा १६८ जना, महाराजगंजमा १२२ जना , शिवराजमा ६९ जना ,कपिलवस्तु नगरपालिकामा ३८ जना, विजयनगर गाउपालिकमा ३१, कृष्णनगरमा ७१ जना ,मायादेवीमा ७५ जना ,शुद्धोधन गाउपालिकामा ३६ जना संक्रमित रहेका छन् । यता बाणगंगामा ३४ र बुद्धभूमीमा ३४ जना रहेका छन् ।
यसैगरी बुद्धभूमिमा १७२ जना ,यशोधरामा ७६ जना , बाणगंगमा ५९ जना ,बिजयनगरमा ५४ जनाको स्वाव संकलन भए पनि नतिजा आउन बाँकी नै छ ।
कुन पालिकामा कति संक्रमित ? कति निको ? कति उपचाररत ? पूरा विवरण









