गृहपृष्ठ खबर प्रचण्डद्वारा आलोपालो छाडेर गल्ती गरेको महशुश, बैठकमा ओलीको चर्को आलोचना

प्रचण्डद्वारा आलोपालो छाडेर गल्ती गरेको महशुश, बैठकमा ओलीको चर्को आलोचना

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेका छन् । दुवै नेताहरुले एकतापछि सरकार र पार्टी दुवैको समिक्षा गरेका छन् । आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । बैठकमा सहभागी एक स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले एकताको भावना विपरित काम भइरहेकोमा ओलीको आलोचना गरेका थिए । उनले पार्टी निर्णय बेवास्ता गरेर चलेको भन्दै आलोचना गरेका हुन् ।

प्रचण्डले एकतापछि पार्टीको हितका लागि आफूले एकपछि अर्को त्याग गरेको उल्लेख गरेका थिए । पार्टी हितका लागि ओलीसँगको आलोपालो प्रधानमन्त्री बन्ने सहमति समेत त्यागिदिएको स्मरण गराउँदै सरकार संचालन गर्दा त्यस्तो भावनाको बेवास्ता भएको भन्दै असन्तुष्टि जनाए । ‘आलोपालो सहमति छाडेर गल्ती गरेँ कि भन्ने महशुश भएको छ,’ उनको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने । प्रचण्डले सरकारको गम्भीर समिक्षामा जोड दिएका थिए ।

स्थायी कमिटिले पार्टी र सरकारको गहिरो समिक्षा गरी निर्णय लिने ओलीको भनाई थियो । उनले पार्टीको निर्णय विपरित जान खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको बुझिएको छ । एमसीसीबारे पार्टीको निर्णय नै निर्णायक हुने प्रचण्डको भनाई थियो ।

यसअघि प्रचण्डले हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार छाड्न भनेका थिए । प्रचण्डले ओलीको राजीनामा मागेको विषय खुलासा गरिसकेको छ ।

सम्बन्धित् समाचार