कपिलवस्तु । कपिलवस्तु जिल्लाको शैक्षिक धरोहर सिद्धार्थ क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्यालले बि. एड. प्रथम वर्षको परीक्षामा उत्कृष्ट नतिजासहित प्रदेश पाँचमा प्रथम स्थान हाँसिल गर्न सफल भएकी छिन् । उनले ६५.६७% सहित प्रदेश पाँचमा प्रथम स्थान हाँसिल गर्न सफल भएको क्याम्पस प्रमुख खेमराज शर्माले वैखरी अनलाइनलाई जानकारी दिनुभयो ।
त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र संकाय अन्तरगतको चार वर्षीय बि. एड. को प्रथम वर्षको नतिजामा उनले प्रथम स्थान हाँसिल गरेकी हुन् । लकडाउनका कारणले विश्वविद्यालयका पठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित भए पनि नतिजा प्रकाशन भने रोकिएको छैन ।







