गृहपृष्ठ Featured बाणगंगामा कोरोना नियन्त्रणमा छ तर पनि सचेत रहौँ ः उप प्रमुख चक्र अर्याल

बाणगंगामा कोरोना नियन्त्रणमा छ तर पनि सचेत रहौँ ः उप प्रमुख चक्र अर्याल

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बाणगंगामा कोरोना नियन्त्रणमा रहेको बताएका छन । बाणगंगाको वडा नः २ मा भएको खेलकुद तथा शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै उप प्रमुख चक्र अर्यालले बाणगंगामा कोरोना नियन्त्रणमा रहेको बताउदै सचेत रहन पनि आग्रह गरेका हुन ।

बाणगंगामा हाल २३ जना आइसोलसनमा रहेको र समुदायमा कोरोना नरहेको पाइएकाले बाणगंगामा कोरोना नियन्त्रणमा रहेको बताउदै तर पनि सबै नगर बासी सचेत रहन भने आवश्यक रहेको बताए ।

बाणगंगामा पछिल्लो १०१ जनाको स्वाब सकंलन भए मध्य १५ जनाको रिर्पोट आउन बाकी रहेको र बाकी सबैको रिर्पोट नेगेटिभ आएको समेत उनले जानकारी दिए ।

सम्बन्धित् समाचार