गृहपृष्ठ खबर एक समुहद्धारा राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति

एक समुहद्धारा राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति

नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र उनले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ ।

प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओलीले अध्यादेश ल्याएर दल विभाजन सहज बनाउने तयारी गरेको र त्यसलाई राष्ट्रपति समक्ष पठाएर अनुमोदन गर्न ठिक्क पारेको सुचना पुगेपछि खुमलटारमा आकस्मिक बैठक बसी रणनीति बनाइउको बुझिएको छ ।

संसदको २५ प्रतिशत संख्याले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्ने संवैधानिक व्यवस्था छ । नेकपाभित्रको विवाद चर्कंदै जाँदा राष्ट्रपति भण्डारीले ओलीलाई साथ दिइरहेको देखिएको छ । ओलीले आजै राष्ट्रपति भण्डारीलाई शितलनिवासमा भेटी मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन् ।

सम्बन्धित् समाचार