गृहपृष्ठ अन्तरास्ट्रिय खबर बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि, अस्पताल भर्ना

बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका छ । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् ।

कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले सामाजिक संजालमा लेखेका छन्–‘मलाई कोरोना पोजिटिभ देखिएको छ ।

म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’

सम्बन्धित् समाचार