‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ’
कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताए ।
यसबारे व्याख्या गर्दै प्रचण्डले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो ।








