गृहपृष्ठ Featured लायन्स क्लव अफ कपिलवस्तुको पदस्थापन

लायन्स क्लव अफ कपिलवस्तुको पदस्थापन

कपिलवस्तु जिल्लामा रहेको लायन्स क्लव अफ कपिलवस्तुले एक कार्यक्रमबाबिच पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगाको वडा नः १ बैरीयामा रहेको मायादेवि रिर्सोटमा भएको तेस्रो पदस्थापन कार्यक्रममा २०१९/२० का अध्यक्ष कुमार खडकाले २०२०÷२१ का अध्यक्ष सुरेन्द्र घिमिरेको नेतृत्वलाई जिम्मा दिएको छ ।

कार्यक्रममा लायन्सका क्लव अफ कपिलवस्तुका सस्थापक अध्यक्ष कृष्ण केसि, लायन्स क्लव अफ रुपन्देहीको , कार्यक्रमका बिशिष्ठ अथिति लायन एमजेएफ राम प्रसाद भट्ट, तथा कार्यक्रमका प्रमुख अथिति पिएमजेएफ शम्भु नर्कमी लगायतले आ आफनो धारणा राखेका थिए । सो अवसरमा बिभिन्न क्षेत्रबाट लायन्स क्लवलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै २०२०/२१ का अध्यक्ष सुरेन्द्र घिमिरेले एम्बुलेन्स खरिद गर्ने, मधुमेह सम्बन्धी बिभिन्न कार्यक्रम, होलि मिलन, रक्तदान कार्यक्रम, पार्क निमार्ण सम्पन्न गर्ने, लायन्सका पदाधिकारी तथा सदस्यहरुको जन्मदिनमा उदारणीय कार्यक्रम गर्ने लगायतका योजना प्रस्तुत गरेका छन ।

कार्यक्रममा लायन्सका उपाध्यक्ष धातानन्द भुसाल र बाल मावि बैरीयामा प्रध्यानध्यापक अर्जुन शाहीबिच भुसालका बुवा र आमाको सम्झनामा रहेको एक लाख ७ हजार सात सय ७७ रुपैयाको छात्राबृतिमा सम्झौता पनि भएको छ ।

सम्बन्धित् समाचार