गृहपृष्ठ खबर बिपिको सम्झनामा कपिलवस्तुको बाणगंगामा वृक्षरोपण

बिपिको सम्झनामा कपिलवस्तुको बाणगंगामा वृक्षरोपण

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिको कपिलधाममा नेपाली काग्रेसले वृक्षरोपण गरेर बिपि स्मृति दिवस मनाएको छ । बिपि कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलवान, कपिलवस्तु क्षेत्र १ क का सभापति शालिकराम थारु, तरुण दल जिल्ला कार्य समितिका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm) , नगर सभापति बिष्णु थापा, नेपाल बिद्यार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतको सहभागिता रहेको थियो ।

बिभिन्न जातका ५० बढि बिरुवाहरु सो अवसरमा लगाइएको थियो । नेपाल तरुणदलको परिपत्र अनुसार वृक्षरोपण गरिएको तरुण दलका क्षेत्रीय सभापति तिलक थापाले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार