गृहपृष्ठ खबर नेकपासहित अन्य पार्टी परित्याग गरि वाणगंगाका ५३ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश

नेकपासहित अन्य पार्टी परित्याग गरि वाणगंगाका ५३ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश

वाणगंगा नगरपालिकामा नेकपा लगायत अन्य पार्टीबाट ५३ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वाणगंगा नगरपालिका वडा नम्बर २ कप्टैयाका ५३ घर धुरी नेपाल तरुणदल कपिलवस्तुको पहलमा नेकपा र अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गर्नेहरुले वडा नम्बर २ को कप्टैया जस्तो सबै क्षेत्रबाट पछाडी परेको ठाउँलाई नेपाली कांग्रेसले हरेक क्षेत्रमा सहयोग गरेकोले नेकपा छोडी कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

विकासका हरेक कार्यमा पछाडी परेको र वडाले वेवास्ता गरेकोले असन्तुष्ट रही पार्टी परित्याग गरेको स्थानीय सन्जीव थापाले बताउनुभयो । उहाँले नेपाली कांग्रेसले विकास निर्माण लगायतका कार्यमा सहयोग गरेकोले प्रवेश गरेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका कार्यबाहक नगर सभापति विष्णु थापाले विकासका हरेक कार्यहरुमा पार्टीले साथ दिने दावी गर्नुभयो । उहाँले नेपाली कंग्रेसले जिल्लाका हरेक कुनाकुनामा दुःखीहरुलाई सहयोग गरेको र आगामी दिनमा पनि यस्तो सहयोग गर्न जुटिरहेन प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै पार्टी प्रवेश कार्यक्रममा कपिलवस्तु तरुण दल क्षेत्र नं १ का क्षेत्रीय सभापति तिलक थापाले नव प्रवेशीहरुलाई तरुण दलको सहयोग, समर्थन र गाउँ विकासको निम्ति सदैव साथ रहने दावी गर्नुभयो ।

नगर सभापति विष्णु थापाको अध्यक्षता, नेपाली कांग्रेसका महासमिति सदस्य दुर्गा बहादुर सेनको प्रमुख आतिथ्यता रहेको कार्यक्रम वाणगंगा नगर सचिव रामजी सेनको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार