कपिलवस्तु/ १५ साउन – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्यालय हाता भित्र शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्ने निर्देशन दिएको छ ।
पछिल्लो समय कपिलवस्तु जिल्लाका केही स्थानमा पठनपाठन सञ्चालनमा अाएकाे र सरकारको निर्देशन अनुसार कुनै पनि शिक्षण सिकाई गतिविधि नगर्न निर्देशन दिएको छ ।
नि. प्रमुख गणेश नेपालीले सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म विद्यालयहातामा शिक्षण सिकाई सम्बन्धि कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका हुन् ।








