
कपिलवस्तु जिल्लको मायादेवी गाउँपालिका ४ गोब्ली बगैचाबाट १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । फेला परेको रकमको स्रोत भने खुलेको छैन् । मायादेबी गाउँपालिका– १ पकडीका सुन ब्यापारी ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।
भारतीय नाका चारकचौडाबाट नेपाल छिेरेका सोनार सुरक्षाकर्मीलाई देखेपछि भाग्न खोजेका थिए । सोनारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीबाट १६ लाख नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
बिशेष सुराकीका आधारमा सोनारलाई पक्राउ गरिएको देवकोटाले बताए । सोनारबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको थियो । सुन किन्नका लागि सो रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।
पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको देवकोटाले बताए ।








