गृहपृष्ठ राजनीति बालुवाटारमा वार्ता सकेर प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

बालुवाटारमा वार्ता सकेर प्रचण्ड–नेपाल समूहको छुट्टै वार्ता

बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् ।

काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।

सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी भएको श्रोतले जनाएको छ ।  छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ ।

यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले  गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

 

सम्बन्धित् समाचार