गृहपृष्ठ खबर निजी प्राविधिक विद्यालय महासंघको अध्यक्षमा कपिलवस्तुका खनाल

निजी प्राविधिक विद्यालय महासंघको अध्यक्षमा कपिलवस्तुका खनाल

निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा कपिलवस्तुका बसन्तराज खनालले औपचारिक मान्यता पाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष खनाल यसअघिका अध्यक्ष सैलेन्द्र महन झाले संस्था छाडेपछि एकमहिना अघि नै स्वःतहरुपमा अध्यक्ष बनेका थिए । खनाल कपिलवस्तु बाणगंगा बनगाईका हुन ।

खनालले सोमबार संस्थाबाट प्राप्त पत्रसँगै अध्यक्ष पदका लागि औपचारिक मान्यता पाएका हुन् । विभिन्न ३ सय ७२ विषयमा अध्यापन गराउने २ सय ४० बढी निजी संस्थाहरु महासंघमा आवद्ध रहेका छन् ।

खनाल अध्यक्ष भएपछि निजि प्राविधिक शिक्षालय महासघं नेपाल प्रदेश नः ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले समेत बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन ।

सम्बन्धित् समाचार