गृहपृष्ठ Featured २ पत्रकार सहीत कपिलस्तुमा थप २० जनामा कोरोना संक्रमण

२ पत्रकार सहीत कपिलस्तुमा थप २० जनामा कोरोना संक्रमण

किरणमान बज्राचार्य
कपिलवस्तुमा दुई पत्रकार सहीत कोभिड १९ थप २० जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलवार पुष्टी भएका संक्रमित सबै तौलिहवाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मंगलवार पुष्टी भएका पत्रकारमा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एनटिभीका संवाददाता संक्रमित भएका छन । यससंगैं जिल्लामा ६ पत्रकार संक्रमित भएका छन । जस मध्ये ४ जना निको भई घर फर्की सकेका छन ।

२ सरकारी शिक्षक र एक बोर्डिङ्ग स्कुलका शिक्षक, , बिद्यतुका २ कर्मचारी, मालपोतका कर्मचारी एक, मायादेबी गाउँपालिकाका एक वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन । यस्तै किराना पसल एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका ब्याक्तीहरू रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

गत भदौ ३ गते बुद्धपदम मा.वि देखि सन्कलन गरिएको १७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।

सम्बन्धित् समाचार