पछिल्लो समय लकडाउन खुकुलो पछी कोरोना संक्रमित बढे संगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आईसोलेसन सेन्टर निर्माणको काम पुरा गरेको छ । तत्कालका लागि गाँउपालिकाको वडा नम्बर २ हरपुरमा रहेको हरपुर मा.वि.मा ८ बेडको स्वास्थकर्मी सहित आईसोलेसन सेन्टर स्थापना गरिएको र आवश्यकता अनुसार विस्तार गर्दै जाने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कहाँरले जानकारी दिनुभएको हाे ।
पाल्हीनन्दन गाँउपालिकामा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता( दिपक) ,कर्मचारी र स्वास्थ्यकर्मी सहित एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भए संगै भाद्र ८ गते पि०सि०आर परिक्षणका लागी ४६ जना स्वाब संकलन गरि पठाइएको र रिपोर्ट ३/४ दिन भित्र आइ सक्नेछ ।

अहिले अधिकांश संक्रमित होम आईसोलेसनमा रहेका छन् । होम आईसोलेसनमा बस्न पाईने भएपनि आवश्यक मापदण्ड पुरा नगर्दा संक्रमण थप फैलन सक्ने जोखिम पनि हुने भएकाले संक्रमित बसेका घरको अनुगमन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको बताउनुभयो तर होम आईसोलेसनमा बस्दा थोरै मात्रै लापरवाहीले पनि परिवार र समाजमा संक्रमण फैलने जोखिम भने रहने गर्दछ ।








