गृहपृष्ठ खबर रुपन्देहीको सैनामैनामा लकडाउनको अवधि भदौं २८ गते सम्म थप

रुपन्देहीको सैनामैनामा लकडाउनको अवधि भदौं २८ गते सम्म थप

रुपन्देहीको सैनामैनामा लकडाउनको अवधि फेरि थप भएको छ । भदौं २० गते राति १२ बजे देखि सकिन लागेको लकडाउन भदौं २८ गते राति १२ बजे सम्म थपिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कोरोना भाइरस सामुदाय स्तरमा बढ्दै गएपछि लकडाउन लम्बाउने निर्णय गरिएको सैनामैना नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ । यसपालिकाको लकडाउन थप कडाईका साथ गरिने नगरपालिकाको सुचनामा जनाइएको छ ।

रुपन्देहीको सैनामैनामा शनिबार थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । जसमा सैनामैना वडा नं १ का १ जना , वडा नं २ का १ जना , वडा नं. ४का ४ जना, वडा नंं ६ का १ जना र वडा नं. ८ मा २ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिकामा अहिले सम्म कोरोना संक्रमित ७० जना पुगेका छन् । जसमा ३९ जना निको भएका छन् भने ३१ जना आईसोलेसनमा उपचाररत रहेका स्वास्थ्य शाखा प्रमुख पन्थीले बताउनु भयो ।

 

सम्बन्धित् समाचार