गृहपृष्ठ Featured शितगंगाका मेयर अधिकारी भन्छ्न् : नगरलाई बदनाम गराउन गलत प्रचार गरियो

शितगंगाका मेयर अधिकारी भन्छ्न् : नगरलाई बदनाम गराउन गलत प्रचार गरियो

 

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले नगरपालिकालाई बदनाम गराउन अनेक प्रचार गरिएको बताएका छन् ।

पछिल्लो समय शितगंगा नगरपालिकामा भएको मिडिया खर्चको विषयमा टिका टिप्पणि उठ्न थालेपछि उनले यस्तो बताएका हुन् । नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार मिडिया खर्च भएको उनको भनाई छ ।

उनका अनुसार शितगंगा नगरपालिकाको नगर सभाले मिडिया खर्च १५ लाख छुट्याएको थियो जसमा नगरभित्र संचालित रेडियोलाई अनुदान स्वरुप रु पाँच लाख दिने निणर्य भएको हो । नगरले छुट्याएको अन्य रकम विभिन्न मिडियाहरुमा जनहितमा जारी सन्देश तथा सूचनाहरुका लागि दिने निर्णय गरेको थियो ।

जसरी नगरपालिकालाई बदनाम गराउनको लागि बाहिर अवफाह फैलाइयो त्यसो नभएर बाँकि रकम नगरपालिका भित्रका टेन्डर लगाएतमा खर्च भएको उनले वैखरी अनलाइनलाई बताए ।

समंग्रमा हेर्ने हो भने सबै पालिका हरुमा यसरी नै मिडिया खर्च हुन्छ कुरा मात्र शितगंगाको उठाईएको छ । यसो त मिडियाहरुले पनि नगरभित्र भएका कामहरु नदेख्ने असार मसान्त लाग्न लागे पछि एकैचोटि बिलहरु पेश गर्ने प्रवृतिले पनि नगरहरुमा मिडिया खर्च अत्याधिक आउने गरेको मेयर अधिकारीले जिकिर गरे ।

यसै बिच नगरपालिकाले घोर आपत्ती जनाउँदै बिज्ञप्ति निकालेको छ ।

सम्बन्धित् समाचार