कपिलवस्तुमा पसल तथा बैंकहरु अव पुरा समय खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यलयले पसल तथा बैंकहरुलाई पुरा समय खोल्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रमुख दिर्घ नारायण पौडेलले वैखरी अनलाइनलाई जानकारी दिएका छन ।
बुधबार (आज) जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको विज्ञप्ति अनुसार सामाजिक दुरी कायम गरी होटल समेत संचालन हुन पाउने भएका छन् ।
त्यस्तै शैक्षिक संस्था, सभा सम्मेलन, पार्टि प्यालेस , शैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय, संग्रहालय संचालनमा भने निषेध गरिएको छ । यातायात पुर्णरुपले खुलेको छ । व्यापारमा तोकिएको समय सिमा समेत हटाईएको छ । नेपाल सरकारले जारी गरेको मापदण्ड भने अनिवार्य रुपमा पुरा गर्नु पर्ने छ ।
यस्तै जिल्लामा कुनै पनि मेला, महोत्सव, जात्रा गर्न, जुलुस गर्न, मानिसहरु भेला हुन पाउने छैनन् भने नियमित पुजा पाठ बाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधी गर्न पूर्ण रोक लगाइएको छ ।
यस्तै शैक्षिक संस्था, प्रशिक्षणकेन्द, ट्यूसन सेन्टर लगाएत जमघट हुने गतिविधी गर्न पूर्णरुपमा रोक लगाइएको छ ।









