गृहपृष्ठ खबर वामदेवलाई सांसद्को रूपमा काम गर्न नदिन सर्वोच्चको आदेश

वामदेवलाई सांसद्को रूपमा काम गर्न नदिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न नदिन अन्तरिम आदेश जारी दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसद्को रुपमा काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

४ असोज १ मा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ । मन्त्रिपरिषद्‌बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भएका गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्य पदको सपथ खाएका थिए । उनले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने बताएका थिए ।

 

सम्बन्धित् समाचार