गृहपृष्ठ Featured ६८ औँ स्थापना दिवसमा तरुणदल कपिलवस्तुद्धारा खेलकुद सामग्री हस्तान्तरण

६८ औँ स्थापना दिवसमा तरुणदल कपिलवस्तुद्धारा खेलकुद सामग्री हस्तान्तरण

 

नेपाल तरुणदलको ६८ औँ स्थापना दिवसको अवसरमा तरुणदल कपिलवस्तुले खेलकुद सामग्री हस्तान्त्रण गरेको छ । तरुणदल कपिलवस्तुले स्थापना दिवसको अवसर पारी बाणगंगा ३ भक्तौलिको क्लब, बाणगङा ४ डुङ्गाहवा र बाणगङ्गा १ बुङ्ची को क्लबका युवाहरुलाई खेलकुद सामग्री हस्तान्त्रण गरिएको तरुणदल जिल्ला सभापति शक्ति सिहं ठकुरीले जानकारी दिएका छन् ।

एक कार्यक्रमको आयोजना गरी स्थानीय खेलाडीहहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले फुटबल, भलिवल लगायतका सामग्री वितरण गरिएको हो । पछिल्लो समय युवाहरु लागुपदार्थ दुव्र्यसनमा लागेको पाईएकोले खेलकुद तर्फ ध्यान केन्द्रित गरी शारिरीक तथा मानसिक विकास गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको तरुणदल कपिलवस्तुका सभापति शक्ति सिं. ठकुरीले बताए ।

सामग्री पाएसंगै खेलाडीहरुले खुसी व्यक्त गरेका थिए । हस्तान्त्रण कार्यक्रममा तरुणदल जिल्ला शक्ति सिहं ठकुरी, नेविसंघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल, तरुणद क्षेत्र न.१ सभापति तिलक थापा, शिद्धार्थ क्याम्पस नेविसंघ ईकाइ सभापति दिनेश क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार