गृहपृष्ठ खबर कोलकाताको शानदार जितसंगै प्लेअफ सम्भावना जिवितै, राजस्थान बाहिरियो

कोलकाताको शानदार जितसंगै प्लेअफ सम्भावना जिवितै, राजस्थान बाहिरियो

काठमाडौं : राजस्थान रोयल्सलाई ६० रनको ठुलो अन्तरले पराजित गर्दै कोलकाता नाइट राइडर्सले आईपीएलको प्लेअफ सम्भावना जिवितै राखेको छ। हारपछि राजस्थान लिगबाट बाहिरिने तेश्रो टिम बनेको छ। यस अघि चेन्नाई र पन्जाब बाहिर भैसकेका थिए।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

राजस्थानको लागि जोस बटलरले ३५, राहुल तेवतियाले ३१, श्रेयस गोपालले अविजित २३ तथा बेन स्टोक्सले १८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अत्यन्त कमजोर सुरुवात गरेको राजस्थानले पहिलो ५ विकेट ३७ रनको योगफलमै गुमाएको थियो। प्याट कमिन्सले रोबिन उथप्पा, बेन स्टोक्स, स्टिभ स्मिथ र रियान परागलाई तथा शिभम माभीले सन्जु स्यामसनलाई पेभेलियन फर्काएका थिए।

छैठौं विकेटको लागि बटलर र तेवतियाले ४३ रनको साझेदारी गर्दै खराब अवस्थाबाट उकासे। ११ औं बटलरलाई वरुण चक्रवर्तीले क्याच आउट गराए। १५ औं ओभरमा तेवतियालाई चक्रवर्तीले क्याच आउट गराएर कोलकातालाई खेलमा पूर्णत हावी गराए। श्रेयस गोपालले एक किनार सम्हालेर ब्याटिंग गरेता पनि जित भन्दा राजस्थान निकै पछि रह्यो।

कोलकाताको बलिंगमा प्याट कमिन्स एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। आईपीएल करियरमा कमिन्सको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। वरुण चक्रवर्ती ( ४-०-२०-२ ) र शिभम माभीले ( ४-१-१५-२) समान २ विकेट तथा कमलेश नगरकोटीले ( ४-०-२४-१ ) ले १ विकेट लिए।

 

सम्बन्धित् समाचार