गृहपृष्ठ खबर प्रथम कञ्चन गाउँपालिका अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिता सुरु

प्रथम कञ्चन गाउँपालिका अध्यक्ष टि–२० क्रिकेट प्रतियोगिता सुरु

चार नम्बर जीतपुर : रुपन्देहीको कञ्चन गाउँपालिकामा शुक्रवारदेखि प्रथम अध्यक्ष कप खुल्ला टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रतियोगिताका निर्णायकलाई क्रिकेट बल हस्तान्तरण गर्दै उक्त प्रतियोगिताको शुरुवात गर्नु भएको हो ।

प्रतियोगिताको शुरुवात गर्दै अधयक्ष क्षेत्रीले स्वास्स्थ्यको लागि खेलकुद अनिवार्य शर्त भएको र खेलकुदको माध्यमबाट नै युवाहरुलाई विकासको साझेदार बनाउन सकिने समेत बताउनु भएको छ। अध्यक्ष क्षेत्रीले जसरी सामुहिक खेल प्रतियोतिामा सामुहिक एकता र समन्वयको महत्व हुन्छ त्यसरी नै समाज रुपान्तरणका लागि हुने विकासमा पनि युवाहरुको क्रियाशिलता एकता र समन्वय हुनु जरुरी रहेको र जसले गुणात्मक बिकासमा महत्वपुर्ण टेवा पुग्ने उल्लेख गर्नु भएको छ।

कार्तिक ३० गते सम्म संचालन हुने प्रतियोतिामा २० क्रिकेट क्लवहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार रुपैया र उप विजेताले २५ हजार रुपैया र कप,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक लालि गुरांस युवा कलवका सुभाष क्षेत्रीले जानकारी दिनु भएको छ।

लाली गुरांस युवा कलवका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा शुरुवात भएको प्रतियोगितामा कञ्चन गाउापलिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता,उपाध्यक्ष गोमा तरामु र प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतको बिशिष्ट आतिथ्यता रहेको थियो भने वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने,वडा सदस्य चुडामणी सुबेदी,लेखा अधिकृत सन्तोष गैरे लगायतको आतिथ्यता रहेको कार्यक्रममा क्लवका सल्लाहकार तुल बहादुर थापाको स्वागत तथा सुभाष क्षेत्रीको संचालनमा प्रतियोगिता शुरु भएको थियो ।

सम्बन्धित् समाचार