बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानीको छैठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सफा पानि सफा बानि, सहयोग पुर्याउन भू.पू. सैनिक खानेपानी भन्ने उदेश्य सहित साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले वाणगंगाको उत्तमनगरमा बन्न लागेको प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासीनै लाभान्वित हुने बताएका छन् ।
वाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीको छैठौ वार्षिक साधारणसभा बोल्दै सांसद पन्थीले यस्तो बताएका हुन् । यस क्षेत्रका जनातालाई शुद्ध पानी खुवाउन भू.पू.सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती अवोरात्र खटिएको भन्दै जनताको सेवामा खटिने सम्पूर्ण समितीलाई धन्यवाद समेत प्रदान गरेका थिए ।

उनले भू.पू.सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले राम्रो काम गरेकै कारण यहा प्रदेश स्तरीय पानी परिक्षण ल्याब बन्न थालेको बताए । सांसद पन्थीले प्रदेश सरकारले ३ वर्ष भित्र १ घर एक धाराा पुरयाउने संकल्प पास गरेकाले सोही अनुसार काम अगाडी बढाएको बताएका छन् । उनका अनुसार अब विकास निर्माण गर्दा बसाइसराई र जनसंख्याको चापलाई मध्यनजर गर्दै दिर्घकालिन योजनाको साथ काम गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पदाधीकारी दिनरात खटेर काम गरेको भन्दै सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिएका थिए । उनले समितीलाई नगरपालिका संग समन्वय गर्दै काम गर्न आग्रह गरे ।

यस्तै उपमेयर चक्र अर्यालले भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले फोहरलाई रिसाइकिलिङ गर्ने कार्यक्रम ल्याएको भन्दै समितीलाई धन्यवाद दिए। उनले फोहरलाई मोहर बनाउने गरी यसको ब्यवस्थापन गर्नुपर्ने भन्दै त्यसको लागि हरेक क्षेत्रबाट सहयोग हुनुपर्ने बताए। समितीले स्थापनाको १२ वर्षमा राम्रो काम गरेको भन्दै सबै उपभोक्ताले शुद्ध पानी पाएको भनाई छ ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री, वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी अधिकारीले बोल्दै समितीको काम प्रसंसनीय रहेको बताउदै यस क्षेत्रको सड्क जीर्ण अवस्थामा पुगेकाले यसको निमार्ण तर्फ सबैको ध्यान जानुपर्ने बताए । साधारण सभामा समितीका सल्लाहकार नन्द किशोर शुक्ल, द्रोणराज सुवेदी, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइ, सल्लाहकार कृष्ण प्रसाद भट्राई, गजेहडा बजार विकास समितीका अध्यक्ष गोबिन्द ज्ञवालीले बोलेका हुन ।
साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।
कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाखीको संचालनमा सम्पन्न भएको हो । समितीले १ करोड ३८ लाख ३९ हजार आम्दानी गरेकोमा ३२ लाख ७२ हजार मुनाफा गर्न सफल भएको छ । विक्रम सम्बद २०६२ सालमा स्थापना भएको समितीमा हाल २३ सय ४७ घरधुरीले धारा जडान गरेका छन् ।








