गृहपृष्ठ Featured शितगंगाका मेयर अधिकारीले गरे वडा नः १४ को भवन उद्घाटन

शितगंगाका मेयर अधिकारीले गरे वडा नः १४ को भवन उद्घाटन

 

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नः १४ को वडा कार्यालयको भवन उद्घाटन भएको छ । शितगंगाका मेयर सुर्य प्रसाद अधिकारीले भवनको उद्घाटन गरेका हुन ।

शितगंगगाका १४ वटा वडामध्य आफ्नै भवन उद्घाटन गरी सेवा प्रवाह गर्ने वडा नः १४ पहिलो भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले नगरको बिकासमा राजनिति नगर्न आग्रह गर्दै चुनावमै काग्रेस नेकपा भनेको खण्डमा बिकासले तिव्रता लिने बताए । त्यस्तै नगर उपप्रमुख टिका रेश्मलिे शितगंगामा बिकासका कार्यले तिव्रता पाएको बताउदै सबैलाई आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन ।

सोे अवसरमा जनता समाजवादी पार्टीका नगर संयोजक भक्त बहादुर अधिकारी, नेपाली काग्रेसका प्रतिनिधि चुरा बहादुर कार्की, नेकपाका लोकनाथ खनाल र वडा सदस्य चुमा गाहाले पनि आआफनो धारणा राखेका थिए । कार्यक्रम वडा नः १४ का वडा अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षता वडा सचिव मोदनाथ ज्ञवालीको स्वागत मन्तब्य र कार्यालय सहायक लेखनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार