गृहपृष्ठ Featured कपिलवस्तु सामुदायिक अस्पतालमा वेवि वार्मर सहितको प्रसुति सेवा भोलीदेखि सुचारु हुने

कपिलवस्तु सामुदायिक अस्पतालमा वेवि वार्मर सहितको प्रसुति सेवा भोलीदेखि सुचारु हुने

कपिलवस्तु सामुदायिक अस्पतालमा वेवि वार्मर सहितको प्रसुति सेवा सोमवार ( भोलीदेखि ) देखि सुचारु हुने भएको छ । कपिलवस्तु जिल्लाको सामुदायिक अस्पतालले वेवि वार्मर सहितको प्रसुति सेवा दिन लागेको हो । जिल्लाको एक मात्र सामुदायिक अस्पतालले बाणगंगाको चार नम्बर बाट यस्तो सेवाको सुरुबात गर्न थालेको छ ।

सामुदायिक अस्पताल संचालनको धेरै बर्ष पछि यस्तो सेवाको सुरुवात हुदाँ यहाँ आउने सेवा ग्रहिहरुलाई सहज हुने भएको छ । वाणगंगा लगाएत जिल्लाका धेरै महिलाहरुलाइ अब कपिलवस्तु सामुदायिक अस्पतालको प्रसुति सेवाले सन्तुष्ट पार्ने अस्पतालका अध्यक्ष रामजि सेनको भनाई छ । यसरि कपिलवस्तु सामुदायिक अस्पतालले दिने नियमित सेवाले बाणगंगा बासिहरु लगाएत अन्य सेवालिन आउने सबै सन्तुष्ट पाएको अस्पतालका महासचिव पोमनारायण पौडेलले वताए । यस क्षेत्रमा भरपर्दो प्रसुति सेवा नभएर दुख पाइरहेका गर्भवति महिलाहरुले सास्ती ब्यहोर्नु नपर्ने उनको भनाई छ ।
त्यस्तै समुदायिक अस्पताललाई अझौ व्यवस्थीत तथा बिरामिको चाहना बमोजिमो सेवा दिनमा आफुहरु लागि परेको अस्पतालका प्रसासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले बताए । सामुदायिक अस्पतालले स्त्रीरी तथा प्रसुति रोग विषेसज्ञ लुम्बीनि प्रादेसिक अस्पतालमा कार्यरत डा. नविन तिरुवा बाट २४ घण्टा सेवा दिने अस्पतालले जनाएको छ ।

सम्बन्धित् समाचार