हल्ला नगर -------------- इस्स्स्स्स्स चुप !! सरकार सुतिरहेको छ हल्ला नगर्नुस् कृपया। तपाईलाई भोक लागेको हो? तपाईलाई अन्याय भएको हो?? तपाईलाई चित्त नबुझेको हो??? किन चिच्याइरहेको? किन निर्वस्त्र भएको? किन उफ्रेको ? किन सन्केको? इस्स्स्स्स्स्स्स चुप! सरकार निदाइरहेको छ हल्ला नगर गर्दै नगर कुम्भकर्ण जाग्यो भने के हुन्छ सोचेका छौ? अनिकाल लागिसकेको छ भोको कुम्भेले खानेछ तिमीलाई। सपना देख्दै छ नयाँ मुलुक बनाउने हल्ला गर्दै नगर अहिले सपना बिथोलिन सक्छ सपना बिथोलियो भने तिम्रा हल्ला गर्ने जिब्रो थुतेर निमुखा बनाइदिन सक्छ। उसलाई मन पर्दैन कोहि चिच्याएर बोलेको उ बैरो छ अहिले सुन्छ फेरि। गरिबी निर्मुल पार्न उसले सोचिरहेको छ नयाँ योजना बुन्दै छ गरिबलाई नै सक्ने उसको योजना छ। भोक लागेको हो?? नकराउनुस् अहिले दुई थाल लाठीचार्ज एक गिलास सिसाको गिलासमा सिसाको तातो गोलीको जुस खुवाउँछ भनेको छ।। इज्जतको ख्याल गर्नुस है सरकारले रौसी पिएको छ अहिले फेरि मातेको मान्छेले जे पनि गर्न सक्छ करैकरले कर तिराएर बलात्कार गर्न सक्छ। इस्स्स्स्स्स्स्स हल्ला नगर चुप लाग सरकार सुतेको छ। बापुजीले भनेको मान नराम्रो नहेर हेर्दै नहेर नराम्रो नसुन सुन्दै नसुन नराम्रो नबोल बोल्दै नबोल किनभने सहरमा अहिले गब्बर सिंह आएको छ ५० माइल पर वच्चा रोयो भने पनि थाहा पाउँछ अनि नाच बसन्ती नाच भन्दै जवर्जस्ती नचाउछ। बल्ल खायौ तिमीले भनेको मानेको थिएनौ नि पायौ होइन उपहार श्री ५ बाट अब देशमा राजतन्त्र आउदैछ उ हेरत गणतन्त्रको पहिलो राजा श्रीपेच लगाएर कसरी हात्ती सवार गरेको तिमी कुकुर भुकेर के हुन्छ? सुन्यौ होइन?? बुझ्यौ होइन?? इस्स्स्स्स्स्स्स चुप!! सरकार सुतिरहेको छ हल्ला नगर्नुस कृपया उफ! कति भयो नहाँसेको गाईजात्रा हेरेर हाँसौं न नयाँ नेपाल गाउँको। जनक कार्की
गृहपृष्ठ कला/साहित्य ‘हल्ला नगर’ -जनक कार्की
‘हल्ला नगर’ -जनक कार्की
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपानी परेसँगै वायु प्रदूषण घट्यो
९ घण्टा अघि









