गृहपृष्ठ खबर भागरथी हत्याकाण्डको अपराधीलाई पानी मुनि गए पनि छोडिँदैन : प्रधानमन्त्री ओली

भागरथी हत्याकाण्डको अपराधीलाई पानी मुनि गए पनि छोडिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टको अपराधीलाई पानी मुनि गए पनि नछाड्ने बताउनुभएको छ । बुटवलमा आफू पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गदैै उहाँले निर्मला पन्त र भागरथी भट्टको हत्याकाण्डका अपराधीहरुलाई पानी मुनि गए पनि नछाडिने बताउनुभएको हो ।

‘अपराधीलाई विश्वका कुनै पनि भागमा गए पनि छाडिने छैन,’ उहाँले भन्नुभयो, ‘उनीहरुलाई कानुनी दायरामा राखिनेछ, कारबाही गरेरै छाडिनेछ, दोष र अपराधबाट मुक्त हुनै सक्दैन ।’

‘केही समयभित्रै भागरथी र निर्मला हत्याका अपराधीलाई अदालतको कठघरा उभ्याएर सजाय दिनेछौं’, उहाँले थप्नुभयो ।

सम्बन्धित् समाचार