
कपिलवस्तुको बाणगंगा वडा न.८सिसेनिका भुमिहिन जनताले बर्षौ देखि भोगचलन गरेको जग्गा बाणगंगा ७ का भिम सापकोटाले एक्कासि कब्जा गर्न खोजेको आरोप लगाएका छन् । वाणगंगा नदी किनाराको नदी उकास जग्गामा टहरा बनाएर बसेका भूमिहिन सुकुम्बासीको बस्तीमै दलालि भूमाफिया तवरले जग्गा आफ्नो भएको भन्दै नापि समेत लिएर आएपछि उनिहरु आक्रोसित भएका छन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले जग्गा प्राप्तिका लागि भूमिहिन सुकुम्बासी बस्तीमा लगत संकलनको कामलाई तीव्र बनाएका बेला भिम सापकोटा र वडा न.७ कै दुर्गा केसिले जग्गा आफ्नो भएको दावि गर्दै आएको उनिहरु बताउँ छन् । भमिहिन स्थानीयहरुले मंगलबार पत्रकारहरुलाई बोलाएर आ–आफ्नो गुनासो पोखेका थिए । केहि समय अगाडी वाणगंगा नगरपालिकाबाट आएको भूमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन टोलीले सिसेनीमा लगत संकलन गरे लगत्तै भुमिहिनहरुले लालपुर्जा पाउने निश्चित जस्तो भएपछि सापकोटा र केसिले आफ्नो जग्गा भएको दाबी गर्न थालेको गाउँलेले गुनासो गरेका छन् ।
बर्षौ देखि नदी उकासको क्षेत्रमा टहरा बनाएर बसेको ठाउँमा अहिले आएर मेरो जग्गा भन्न थालेपछि गाउँले चिन्तामा परेको चुजा मियाँले बताए । ३० ÷ ३२ बर्ष देखि आफु यस बस्तीमै बसेको भन्दै अहिलेसम्म कसैले मेरो हो नभनेको जग्गामा अहिले एकाएक भीमलाल सापकोटाले आफ्नो जग्गामा किन बसेको भन्दै प्रश्न गरेको र हामिलाई देखाँउन अमिन ल्याएर तमासा गरेको उनले बताए ।
नदी उकास जग्गामा बसेपनि नगरबाट विद्युत, खानेपानी, बाटोको सुविधा स्थानीय सरकारबाट मिलेको सम्दीम मियाँले बताउनुभयो । आजसम्म कसैले मेरो हो नभनेको स्थानमा अहिले आएर एकाएक आफ्नो जग्गा भएको दावी आउन थालेको उनको गुनासो छ ।
उता जग्गा कब्जा गर्न खोजिएका भनिएका भिम सापकोटा र दुर्गा केसिले जग्गा आफुहरुको भएको बताएका छन् । सापकोटाका उनुसार २०४६ सालमा पुर्जा निस्कीएको बताए् । उनले जग्गा जमिन नभएका लाई र खनजोत गरेर दुख गरेका लाई दुईचार धुर मिलाएर खान धेरै पहिले देखि भन्दै आएको बताए । दुई बर्ष पहिला सुकुमबासि बस्तीमा बालुवा प्रसोधन गर्ने मेसिन राख्ने भनेपछि १ लाख १० हजार कठ्ठाको दरमा किन्न भन्दै आग्रह गरेको सापकोटाले बताए । सापकोटा अफु पञ्चायत कालमा वडा अध्यक्ष हुदाँ देखिनै उनिहरुलाई साहनु भुति दिएको उनको भनाई छ । सापकोटाले किता न. १०४४को जग्गाको लालपुर्जा आफ्नो साथमा भएको उनको भनाई छ । त्यस्तै अर्का सदस्य दुर्गा केसिले सोहि स्थानमा एक बिघाह ६ कट्ठा जग्गा भएको बताएका छन् । आफुले किनेको किता नम्बर १०४५ जग्गाको राजिनामा लाल पट्टा तिरो तिरेको रसिद सबै कागजाात भएको उनले बताए । केहि दिन अगाडि नापी साखामा धरैटि झुन्डाएर सरकारि अमिनले वडा कार्यलयर प्रहरीको रोहवरमा आफुहरुले जग्गा नापी गराएको बताए । सोहि बस्तीमा बसेकाहरु भुमिहिन हुन भने वडाले व्यवस्थापन गर्नुपर्छ हामिले किनेको जग्गा त्यसै छोड्न नसकिने केसिको भनाई छ ।
सिसेनी गाउँको सुकुम्बासी बस्तीमा झण्डै ३५४० घरधुरी छन् । अधिकांश मुस्लिम समुदायका रहेका यो बस्तीमा जनजाती, दलितको पनि बसोबास छ । सुकुम्बासीबस्तीमा अर्कैले सम्पत्ती दावा गरेपनि त्यो निराधार झुठो रहेको स्थानीयष् राजनीति दलका नेताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ओली समूहका जिल्ला सचिवालय सदस्य कर्ण बहादुर लामाले बर्षौ बसोबास गर्दै आएका यहाँका सुकुम्बासीबस्तीमा कसैले आँखा लगाउन नपाउने बताए ।
घरबारविहिन व्यक्तिलाई अहिलेको सरकारले जग्गाको बन्दोबस्त गर्न थालेको भन्दै नदी उकासको जग्गामा बर्षौ बसेका नागरिकलाई डर, त्रास र धम्की दिन थालिएको भन्दै आपत्ति जनाएका छन् । सिंगो बस्तीको जग्गामा आफ्नो भएको दाबी गर्ने व्यक्ति जुनसुकै दलको भएपनि आफ्नो पार्टीको विरोध रहने उनको भनाई छ ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य ऋषिराम शर्माले पनि पुरानो सिसेनी बस्ती सिंगो सुकुम्बासीबस्ती रहेको बताए । आफु पनि स्थानीय भएको भन्दै बर्षौदेखि घर बनाएर बसेका सर्वसाधारणको जग्गामा अहिले आएर आफ्नो जग्गा भन्नु सरासर बेइमानी भएको उनको भनाई छ ।
भीमलाल सापकोटाले सिसेनी बस्ती आफ्नो भएको दाबी गरेपनि जिल्ला मालपोत कार्यालयमा उक्त जग्गा सापकोटाको नाममा नभएको खुलेको छ । जिल्ला मालपोतमा गएर बुझ्दा कित्ता नं. १०४४ को जग्गा भनेपनि कसैको नाममा नभएको पाइएको हो । यो कित्ता नं. मा सिंगो सुकुम्बासी बस्ती छ ।








