गृहपृष्ठ Featured बाणगंगाको वडा नः ८ ले आफ्नै भवनबाट सेवा दिन थाल्यो

बाणगंगाको वडा नः ८ ले आफ्नै भवनबाट सेवा दिन थाल्यो

बाणगंगा नगरपालिकको वडा नः ८ ले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी वडाले बोडगाँउमा बनाएको नवनिर्मित भवनबाट सेवा दिन थालेको हो ।

बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारु, उप मेयर चक्र अर्यालले झण्डोतोलन तथा रिवन काटेर तथा रिवन काटेर गरी नया भवनको कार्यालय शुभारम्भ गरेका हुन ।

आफनै भवनबाट सेवा प्रवाह गर्ने भएपछि वडा नः ८ का अध्यक्ष गुणानिधि भुसालले खुशी हुदै अव वडाबासीलाई सेवा लिन थप सहज हुने बिश्वास लिएका छन । अध्यक्ष भुसालले सम्पुर्ण वडा वासिहरुलाई सहकार्य र समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

सो अवसरमा वडा न. ८ का टोल विकास समितिका अध्यक्षहरु तथा बिभिन्न संघ सस्थाका पदाधिकारी तथा बरिष्ठ ब्यतिmहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार