गृहपृष्ठ खबर थप ७१ जना निको, ९४ मा कोरोना संक्रमण

थप ७१ जना निको, ९४ मा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ। पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ।

सम्बन्धित् समाचार