गृहपृष्ठ खबर वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सक्न मन्त्रालयको निर्देशन

वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सक्न मन्त्रालयको निर्देशन

काठमाडौं : शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले २०७८ को वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सम्पन्न गर्न भन्दै सूचना जारी गरेको छ।

मन्त्रिपरिषदको माघ २६ गतेको वैठक र फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार केन्द्रले आफू मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय तथा सरोकारवालालाई भन्दै सूचना जारी गरेको हो।

केन्द्रले सूचनामा ३ बुँदाको निर्णय उल्लेख गरेको छ। जसमा कोभिड महामारीका कारण स्थानान्तरण भएर आउन चाहेका विद्यार्थीहरुलाई स्थानान्तरण गराएर शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराउँदै परीक्षा सञ्चालन र ब्यवस्थापनको कार्य गर्न विद्यालयलाई निर्देशन दिएको छ।

दोस्रोमा शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन वैशाख मसान्तसम्म सकेर जेठ मसान्त सम्ममा परीक्षा सम्पन्न गर्ने निर्देशन दिएको छ। त्यस्तै, तेस्रोमा नयाँ शैक्षिक सत्र असारमा सुरु गरेर साविकमा जस्तै चैतमा सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर त्यसलाई कार्यान्वयन गर्न भनिएको छ।

सम्बन्धित् समाचार