फाल्गुण २२
प्रेम पाण्डे कपिलबस्तु
नेपाल सरकार को उद्दोग तथा आपूर्ति मन्त्रालय को औद्योगिक पूर्वाधार तथा बातावरण महाशाखा र नेपाल सरकार मन्त्रि परिषद को मिति २०७७ /१० /१५ को निर्णय अनुसार बाणगंगा नगरपालिका वार्ड नम्बर ९ बर्दहवामा ११-१०-०६ बिगाह क्षेत्रफलमा औद्दोगिक ग्राम बन्ने भएको छ।
पूर्वमा कोइलि खोला पश्चिम मा कित्ता नम्बर ४११/र ४३० उत्तरमा बाणगंगा चक्रपथ र दक्षिण मा बर्दहवा कोइलि खेल मैदान परिधि भित्र उक्त औद्योगिक ग्राम बन्ने भएको उद्द्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको पत्र संख्या २०७७/७८ को चलानी नम्बर १८६ मा उक्त कुरा उल्लेख गरिएको छ।
स्थानिय श्रोत साधन कच्चा पदार्थ प्रबिर्धि र सीपको परिचालन गरि लघु, घरेलु,तथा साना उद्द्योग मा लगानी बृद्दि गरि तेस्ता उद्द्योग को स्थापना बिकास र प्रबर्धन गर्ने उदेश्यले स्थानिय तहबाटै औद्योगिक ग्रामको स्थापना, संचालन तथा ब्याबस्थापन गर्ने गरि नेपाल सरकार र मन्त्रि परीषद को निर्णय बाट औद्योगिक ग्राम घोषणा तथा संचालन सम्बन्धि कार्यबिधि २०७५ स्वीकृत भइ कार्यान्यन मा रहेको छ।
प्रत्यक स्थानीय तहमा एक औद्योगिक ग्राम घोषणा गरि संचालनमा ल्याउने नेपाल सरकारको नीति अनुसार आ ब २०७६/७७ मा नेपाल सरकार को निर्णयअनुसार ४५ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा भइ बिकास र निर्माण को चरणमा रहेको छ।
औद्योगिक ग्राम बनेसंगै स्थानीय उत्पादन को प्रबर्धन को लागी सहज हुने छ। र भलवाड पनि औद्योगिक करिडोर बन्ने छ।








