
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको विदाइसँगै मुलुकले निकास पाउने बताएका छन्।
सानेपाको एक होटलमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको समस्य नै केपी ओली हुन्। ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा समस्या भएको हो। ओलीले विदा लिए पार्टको समस्या पनि हल हुन्छ अनि मुलुकले पनि निकास पाउँछ।’
नले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको बताए। ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन। त्यही कारण यो अवस्था आयो, नेपालले भने।
नेपालले आलोचना र सुझाव सुन्न नचाहने ओलीले पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको र पार्टीभित्र पनि एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए ।नेपालले प्रधानमन्त्रीको कुर्सी बचाउन ओलीले संविधानको अपब्याख्या गरेको आरोप पनि लगए।
नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर ुफेक सूचनाु सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए ।








