
लक्ष्मी टेक्नोप्लास्ट प्रा.लि.ले कपिलवस्तुमा प्लम्बर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बाणगंगा ४ ठाकुरापुरको पिस हिमालय रिर्सोटमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले छोटो समयमा चर्चा कमाएको ओम सिवम कम्पनीलाई निरन्तरताको शुभकामना दिँदै देश छाडेर बाहिरी मुलुक पुगेकालाई देशमै भविष्य सुनिश्चित रहेको एक उदाहरण प्रस्तुत गर्न सफल भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका घिमिरेले विभिन्न कम्पनीहरुसंग सहकार्य गरि प्लम्बिङको क्षेत्रमा ठूलो फड्को मार्न सकिने दाबी गर्नूभयो । कपिलवस्तुमा तालिम प्राप्त प्राविधिकलाई कपिलवस्तु उद्योग बाणिज्य संघले उचित मूल्याङकन गर्ने उहाँको भनाई छ । अध्यक्ष घिमिरेले उद्योग बाणिज्य संघ व्यापारी र मजदुरको साथमा रहेको बताउनुभएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि लक्ष्मी टेक्नोप्लास्ट प्रा.लि.का फाइनेन्सियल चिफ मेघ सुवेदीले कम्पनीले दिने सेवा सुविधा र गुणस्तरमा केही कमी नहुने भएकाले यसको प्रयोग गर्न आम समुदायलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा उत्कुष्ट कार्य र कम्पनिको गुणस्तर पहिचान गरेर पलम्बीङ गर्नेलाई कम्पनीले पुरस्कार स्वरुप चेक हस्तान्तरण गरेको छ ।
कार्यक्रमा कपिलवस्तु ईलेक्ट्रिक एण्ड पलम्बिङ्गका अध्यक्ष हरि मल्ल, ईन्द्र ईलेक्ट्रिक एण्ड पलम्बिङ्ग सेन्टरका संचालक ईन्द्र पोख्रेल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । भुनिम टे«डिङ्ग प्रा.लि.का प्रमुख निर्मल आचार्यको अध्यक्षता कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भुनिम टे«डिङ्ग प्रा.लि.का प्रतिनिधी भुवन खरेलले स्वागत गर्नु भएको थियो । १२० जना पलम्बरकोे सहभागिता रहेको कार्यक्रममा लक्ष्मी टेक्नोप्लास्ट प्रा.लि लुम्बिनी प्रदेशका सेल्स अफिसर विवेक सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।









