गृहपृष्ठ Featured कपिलवस्तुमा जिल्लास्तरिय प्रथम खुल्ला डोरितान च्याम्पेन्सिप प्रतियोगिता हुने

कपिलवस्तुमा जिल्लास्तरिय प्रथम खुल्ला डोरितान च्याम्पेन्सिप प्रतियोगिता हुने

राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कपिलवस्तुमा जिल्लास्तरिय प्रथम खुल्ला डोरितान च्याम्पेन्सिप प्रतियोगिता हुने भएको छ । नेपाल डोरितान संघ जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा चैत्र २४ गते सो प्रतियोगिता हुनेभएको हो ।

जिल्लास्तरिय खेल बुद्दभुमी नगरपालिकाको खेल मैदनमा हुने आयोजकले जनाएको छ ।

बुधवार बुद्दभुमी नगरपालिका वर्डा नं २ स्थित लुम्बिनी होटेलमा पत्रकार सम्मेन गरि अध्यक्ष मिनराज बेल्वासेले उक्त विषयको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलि चैत्र २७,२८,२९ मा सुनसरिमा हुने अन्तराष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने छन । खेलमा पुरुष तर्फको एउटा टोलिमा ६०० केजि तैल हुनुपर्ने र महिला टोलिमा ४८० तैल बराबर हुनुपर्ने उल्लेख गरिएको छ । डोरितानको एक टिममा ८जना खेलाडि २ जना एक्सटा र एक एक जना टिम म्यानेजर र टिमकोच गरि १२ जना खेलाडि रहने व्यवस्था रहेको छ । सुनसरिमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रिलंका, अफगानस्थान लगायतका देशबिच प्रतिस्प्रधा हुने छ ।

प्रतियोगितामा उत्कृष्टलाई प्रमाण पत्र, ट्रफी, मेडल, शिल्ड सहित सम्मान गरिने छ । जिल्लाका १० वटै स्थानिय तहबाट खेलाडिको सहभागिता रहने छ । यस वर्ष विजेता भएको पालिकामा आगामी प्रतियोगिताको आयोजना हुने आयोजकले बताएको छ । कार्यक्रमका लागि बुद्दभुमी नगरपालिका , वैक र विभिन्न उधोगहरुले सहयोग गर्ने प्रतिवद्दता जनाएका छन ।

आयोजित पत्रकार सम्मेलनमा प्रमुख अथिती आशनबाट बोल्दै बुद्दभुमी नगरपालिकाला नगरप्रमुख केशव कुमार श्रेष्ठले सधैव सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । कपिलवस्तु डोरितान संघका उपाध्यक्ष खुम बहादुर थापाको स्वागत रहेको कार्यक्रमको संचालन संस्थाका सदस्य कृष्ण प्रसाद भट्टराईले गरेका थिए । सम्मेलनमा डोरितान संघ लुम्बिनी प्रदेश सदस्य राम बहादुर थापा, कपिलवस्तु डोरितान संघका सदस्य दिपक पाण्डे, खगराज शर्मा, आषिस भण्डारी लगाएत संचारकर्मी हरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार