गृहपृष्ठ खबर एपीएफ आहा-रारा गोल्डकपको सेमिफाइनलमा

एपीएफ आहा-रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा : आशिष लामाको एक मात्र गोलको मद्दतमा विभागीय टोली एपीएफ १९ औं संस्करणको आहा(रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा एपीएफले आयोजक सहारा क्लब पोखरालाई १(० ले हरायो । एपीएफलाई जित दिलाउन आशिष लामाले खेल सकिन तीन मिनेट बाँकी छँदा निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आशिषले गोल गरे । ८७ औं मिनेटमा आशिषले प्रदीप लामाको पासमा गोल गरेका थिए ।

गत सिजन शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक गोलकर्ता बनेका आशिषको प्रहार ए डिऐजनकै उत्कृष्ट गोलकिपर बनेका दीप कार्कीले रोक्ने कुनै मौका पाएनन् ।

गोलकर्ता आशिष खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत आइतबार ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विदेशी टिम अफ्रिकन रुटसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार तथा उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार