गृहपृष्ठ Featured हरिहरपुर टोल विकास संस्थाद्धारा मृगौला पिडित हमाललाई २ लाख २४ हजार २ सय पचास सहयोग

हरिहरपुर टोल विकास संस्थाद्धारा मृगौला पिडित हमाललाई २ लाख २४ हजार २ सय पचास सहयोग


हरि घिमिरे, ४ नम्बर बैशाख ४
कपिलवस्तुको वाणगंगा वडा न.४ हरिहरपुर टोलका ३२ बर्षिय कुमार हमालका दुवै मृगैला फेल भएका छन । विगत दुई महिना देखि हमाल मृगौला पिडित बन्न पुगेका हुन । सामाजिक विकास डिभिजन कार्यालय गजेहडामा गाडि चलाएर आफ्नो पारिवारीक समस्यालाई पन्छ्याउने कसरतमा लागेका हमाल आफ्नै दुवै मृगौला फेल हुदाँ अहिले बज्रपात भएको छ । साना साना दुई छोरीहरु, सुत्केरी भएकि श्रिमती र बुढा भएका बुबा आमा रहेको उनको परिवारले राम्रो संग छाक टार्न समेत नपाएको उनका छिमेकीहरुले बताउछन् ।

यसै क्रममा हरिहरपुर टोल विकास संस्थाले हमालको त्यो अवस्था थाहाँ पउनसाथ सहयोगमा जुटेको छ । उक्त टोल विकास संस्थाले कुमार हमालको परिवार लाई रु २ लाख २४ हजार २ सय पचास रुपैया शनिवार सहयोग गरेका हो । हरिहरपुर टोल विकास संस्थाका अध्यक्ष ढाल बहादुर साहि, उपाध्यक्ष खेम बहादुर हमाल, संस्थाका पुर्व अध्यक्ष जंग बहादुर क्षेत्रि, सोहि टोलका बर्डगर पदमराज साहि, समाजसेवि ज्ञानु नेपालि, युवा सामाजसेवि,महेन्द्र थापा, सुजन क्षेत्रि लगाएतको नेतृत्वमा रकम हस्तान्तरण गरिएको हो ।

काठमांण्डौ टिचिङ्ग अस्पतालको उपचार पछि हमाल अहिले घरमै रहेका छन् । हमालले सहयोग रकम बुझ्दै हरिहरपुर टोल विकास संस्था लगायत सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गरे । त्यस्तै हरिहरपुर टोल विकास संस्थाले हमालको उपचारको लागि जस्तो सुकै सहयोग गर्न आफुहरु तयार रहेको भन्दै हमालको ज्यान बचाउनका लागि देश तथा विदेश रहेका सवैलाई सहयोग गर्न आग्रह समेत गरेका छन ।

रकम हस्तान्तरण पछि उनिहरुले कुमार हमालको सहयोगको लागि राष्ट्रिय वाणिज्य वैंकको खाता नम्बर ३५३०१००००२१७६०१० सार्वजनिक गर्दै सहयोगमा लाग्न अपिल गरेका छन् ।

 

सम्बन्धित् समाचार