मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णालीलगायत प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपराह्नतिर मेघ गर्जन, हावाहुरी तथा असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ ।
हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल पहाडी भू-भागमा बदली रहेको छ ।
भोलि पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।








