सागर वि.क.(कपिलवस्तु) : कपिलवस्तुमा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम हौलिहवामा वैशाख ५ र ६ गते प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका बाणगंगा, बुद्धभूमि, महाराजगंज, कपिलवस्तु नगरपालिका, शुद्धोधन, विजयनगर, यशोधरा र मायादेवी गाउँपालिकाका खेलाडीहरुको उत्साहजन सहभागिता रहेको थियो ।

प्रतियोगितामा बाणगंगा नगरपालिकाले शिल्ड हात पार्न सफल भएको छ । बाणगंगाले १२ स्वर्ण, १२ रजत र २ कास्य २६ पदक हात पार्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा कपिलवस्तु नगरपालिका ९ स्वर्ण, ७ रजत र १० कास्य पदकसहित द्धितिय भएको छ भने बुद्धभूमि नगरपालिका ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तृतीय भएको छ, त्यसै गरि शुद्धोधन गाउँपालका ३ स्वर्ण, ३ रजत र २ कास्य सहित सानत्वना हुन सफल भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद खनालले जिल्लामा यस्ता प्रतियोगिता संचालन गर्दा बालबालिकाले आफ्ना अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने एक सुनौलो अवसर प्राप्त गर्ने भन्दै जिल्लाले नै प्रतिभावान खेलाडि प्राप्त गर्ने बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खनालले विधार्थीको शारिरीक, मानसिक विकाससंगं चौतर्फी विकासमा खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति कार्यलय प्रमुख मिन प्रसाद पोखरेलले जिल्लामा खेलकुदको आधार बनाउनका लागी स्थानीय सरकारले खेलकुद क्षेत्रमा लगानी गर्दै प्रथामिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै उहाँले कपिलवस्तु जिल्लाले हालसम्म विभिन्न खेलका ५ ओटा राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरि सकेको र खेलकुद क्षेत्रको विकासमा जिल्लाका १२ ओटा खेल संघहरुले संक्रिय भूमिका निर्वाह गरि रहेकामा खुशि व्यक्त गर्नुभयो ।
प्रतियोगितामा कपिलवस्तु नगरपालिकाका उदयमान खेलाडि सुदिप थारु बेस्ट प्लेयरका रुपमा घोषित भएका छन् भने अनुशासित टमको उपाधि विजयनगर गाउँपालिकालाई दिईएको छ । प्रतियोगिताको उद्घाटन उद्घाटन समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले गर्नुभएको थियो, भने अध्यक्षता सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुका कार्यलय प्रमुख नरेन्द्र बेल्वासेले गर्नुभएको थियो । उद्घाटन समारोहमा हेमराज मावि हतौसाका छात्रा विधार्थीहरुले नृत्यद्धारा अतिथि तथा खेलाडिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय च्याम्पियन सागर खासु मगर, सुदिप थारु, तुल्सी थारु र बाणगंगा स्पोर्टस एकेडेमिका प्रशिक्षक तथा राष्ट्रिय भलिवल खेलाडि भरत थापालाई कदर पत्रले अभिनन्दन गरिएको थियो ।
विगतका वर्षहरुमा भन्दा यो वर्ष प्रतियोगिता भव्य रुपले भएको छ ।








