कपिलवस्तु : कपिलवस्तुको बाणगंगामा एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नंं ३ निवासी ३३ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
केहि दिन अघि कोरोनाको लक्षण देखिएपछि उनलाई बुटवलमा भर्ना गरिएकोमा शुक्रबार विहान ५ बजे उनको आफ्नै निवासमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
मृतक पुरुषले राजापानीको एक होटलमा काम गर्ने गरेको खुलेको छ । योसंगै जिल्लामा मृतकको संख्या ३४ पुगेको छ ।








