गृहपृष्ठ खबर नेपालमा काेभिडबाट दैनिक १५० जनाकाे मृत्यु हुनसक्ने प्रक्षेपण, जोखिम कम गर्न पाँच उपाय

नेपालमा काेभिडबाट दैनिक १५० जनाकाे मृत्यु हुनसक्ने प्रक्षेपण, जोखिम कम गर्न पाँच उपाय

काठमाडौँ । कोभिड–१९ को संक्रमण केही हप्तामा नै उच्च बिन्दुमा पुग्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कताका लागि ५ उपाय अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अबको केही हप्तामा नै संक्रमण र मृत्युदर उच्च हुनसक्ने प्रक्षेपण प्रस्तु गरेको छ ।

मन्त्रालयकाअनुसार अमेरिकाको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले नेपालमा अबको ३ महिनामा २ लाखभन्दा बढी संक्रमित थपिनसक्ने प्रक्षेपण गरेको छ । त्यस्तै मृतकको संख्या दैनिक १५० पुग्नसक्ने पनि जनाइएको छ ।

संक्रमण समुदायस्तरमा फैलिइसकेको भन्दै मन्त्रालयले एक सावधानीका लागि यी नियमहरू पालना गर्न सबैमा अनुरोध गरेको छ ।
१. स्वघोषित लकडाउन र सामाजिक दुरी कायम गर्ने,
२. शंका लागेमा समयमै कोभिडको जाँच गर्ने,
३. होम आइसोलेसनको सुधृढीकरण गर्ने,
४. स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको तयारी गर्ने,
५.समुदाय र सम्बन्धित निकायको तयारी गर्ने ।

मुलुकका सबै स्थानमा लकडाउन गर्न सम्भव नभएकाले संक्रमणको जोखिम कम गर्न व्यक्तिले स्वाघोषित लकडाउनमा बस्न मन्त्रालयले सुझाएको छ । त्यस्तै संक्रमण्को शंका लागेमा परीक्षणमा जानाले अरूलाई सार्ने सम्भावना ८५ प्रतिशतले कम हुने मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्नेले नआत्तिन, लक्षणहहरूको नियमति निरीक्षण  गर्न,  अक्सिजनको मात्रा जाँच गरी ९२ प्रतिशतभन्दा कम भएमा अस्पताल जान या कल सेन्टरमा सम्पर्क गर्न मन्त्रालयको सुझाव छ ।

त्यस्तै स्थानीय तह र समुदायस्तरबाट सार्वजनिक स्थाहरूलाई आइसोलेसन सेन्टरको रूपमा व्यवस्थापन गरी अक्सिजनको जोहो गर्न मन्त्रालयले सुझाएको छ । यही हप्ताभित्र यी तयारीहरू अघि बढाए समुदयास्तरमा संक्रमण नियन्त्रण हुनसक्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार